श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम सिकेर स्वदेश फर्किएका युवाहरुलाई विकासका अगुवा बनाउनुपर्ने बताउनुभएको छ । बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले जिसीसी राष्ट्रहरूसँग संयुक्त पुनःएकीकरण कोष स्थापना गरी फर्किएका श्रमिकलाई सीप प्रयोगमा लगाएर विकासका अगुवा बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिवद्धता भएको बताउनु भयो ।