राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गर्नुभएको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो । जसबारेमा आफ्ना धारणा राख्दै उहाँले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताउनु भयो ।