आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर बढाउनुपर्छः पूर्वअर्थमन्त्री महत

आषाढ ११, २०८२ बुधबार
आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर बढाउनुपर्छः पूर्वअर्थमन्त्री महत

नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।  बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउनु जरुरी रहेको बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समिक्षा गर्न आग्रह गर्नुभयो । भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन नसकिने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images