नेपालमा जति सम्भावना अन्यत्र छैनः अध्यक्ष ढकाल

आषाढ ११, २०८२ बुधबार
नेपालमा जति सम्भावना अन्यत्र छैनः अध्यक्ष ढकाल

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक रुपमा व्यावसायिक गतिविधि बढाउने काम गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्तरिक उत्पादनले आयात रोक्ने र रोजगारी बढाउन मद्दत पुग्ने बताउनु भयो । उहाँले आन्तरिक उत्पादनले राजश्व बढाउनेमात्र नभई निर्माणसँग सम्बन्धित सामग्री उत्पादनले आयात प्रतिस्थापन गर्दै रोजगारीको सुनिश्चितता गर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ढकालले बोर्डको स्थापनासँगै नेपालमा केही सम्भावना छैन भनेर नेगेटिभ भाष्य सिर्जना भइरहेको अवस्थामा नेपालमा धेरै सम्भावना छ र नेपालमा जति सम्भावना अन्यत्र छैन भन्ने म्यासेज दिएको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images