नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताउनु भयो । सभपति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनु भयो ।