निर्णय भइसकेका विषयमा मन्त्री फेरिएसँगै छलफल गर्नुको औचित्य छैनः सांसद भण्डारी

आषाढ १३, २०८२ शुक्रबार
निर्णय भइसकेका विषयमा मन्त्री फेरिएसँगै छलफल गर्नुको औचित्य छैनः सांसद भण्डारी

नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी)लाई विद्यालयको अंग बनाउनुपर्ने बताउनुभएको छ ।  शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले बालविकास क्षेत्र मानव जीवनको पहिलो खुड्किलो भएको र उपसमितिले पनि टुंग्याइसकेको विषयमा छलफल आवश्यक नरहेको बताउनु भयो । सांसद भण्डारीले चीनको उदाहरण दिँदै आपूmलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, आगन्तुकको स्वागतदेखि विदाइसम्मका कुराहरु यसमा पर्ने भएकाले इसीडीका विषय नसमेटिनु स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images