राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिनुभएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् । बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरुको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिनुभयो । —न्युज एजेन्सी नेपाल