राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गर्नुभयो । उहाँले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानविन समिति गठन गर्नुभएको आरोप लगाउनु भयो ।