पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यपारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्ः सांसद ज्वाला

आषाढ १४, २०८२ शनिबार
पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यपारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्ः सांसद ज्वाला

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरुको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनज माग गर्नुभएको छ ।  प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरु, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको बताउनु भयो । यो कदम गलत रहेको बताउनु भो । ऐन, कानून विपरित खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images