प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरुले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाउनुभएको हो । शनिवारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद् कार्य रहेको बताउनु भयो । यस्तो नतिजामा पनि केही मानिसहरुले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताउनु भयो । नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताउनु भयो । नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाई अघि बढाउनसक्ने खुबी रहेको बताउनु भयो ।