नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पुनले यस्तो माग गर्नुभएको हो । उहाँले सुनचाँदी, हिरा–मोतीजस्ता गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क विक्रीका विभिन्न तहमा पुगेपछि उपभोक्ताले २० प्रतिशत कर तिर्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो । सुन विलासी वस्तु नभएको कारण गत आर्थिक वर्षको बनेटमा समावेश गरिएको १० लाखसम्मको सुनचाँदीलाई विलासिता कर छुट दिने नीति सरकारले अवलम्वन गर्नुपर्ने बताउनु भयो ।