कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा) ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ । डोपिङ कन्ट्रोल अफिसर्स (डिसिओ) को प्रशिक्षक प्रशिक्षणका क्रममा काडाले नेपाल ओलम्पिक कमिटीअन्तर्गतको मेडिकल कमिसनलाई १६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।