राजेन्द्र शाक्य र रिसभ चुरिवाल पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास संघको हलमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पुरुष एकलमा राजेन्द्रले अश्विन तोडीबाट वाकओभर प्राप्त गर्दा रिसभले शैलेश अमात्यलाई ११–०, ११–२ र ११–७ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन् ।