पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताउनुभएको छ । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताउनुभएको हो ।