प्यालेस्टाइन–इजरायली द्वन्द्व चर्किंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुन्द्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताउनु भयो ।