केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्नको लागि र बिस्थापित मानिसहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताउनु भयो ।