केबल टेलिभिजन व्यवसायीहरुले सरकारले केबल टेलिभिजन सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना नगरे आफ्नो व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने चेतावनी दिएको छ । सोमवार काठमाडौंमा बसेको नेपालभरका सम्पूर्ण केबल व्यवसायीहरुको बैठकले यस्तो चेतावनी दिएको हो ।