इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमवार साइप्रसको औपचारिक भ्रमण गर्नुभएको छ । पूर्वी भूमध्यसागरीय टापुले ६३ वर्षअघि स्वतन्त्रता पाएपछि भ्रमण पहिलो पटक भएको हो । साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले संयुक्त पत्रकार सम्मेलनमा इराकी राष्ट्रपतिको भ्रमण ऐतिहासिक र प्रतिकात्मक भएको बताउनु भयो ।