साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गर्नुभएको छ । साउदी राज्यको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलकाअनुसार उहाँले आफ्नो इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनको क्रममा यस्तो टिप्पणी गर्नुभएको हो । जसमा दुवैले गाजा पट्टीमा युद्धविर गर्न आह्वान गर्नुभयो ।