इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनःस्थापनापछि आईतवारबाट सर्वसाधारणहरुका लागि खुला गरिएको छ । इजिप्टका पर्यटन र पुरातात्विकमन्त्री अहमद इसाले उद्घाटन समारोहमा रमला र अल–हद्दाद टावरहरू र नयाँ खोलिएका अन्य आकर्षणहरूसँगै किल्लाको भ्रमणको समय एक घण्टाबाट तीन घण्टासम्म बढाइने बताउनु भयो ।