केन्याले देशमा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न अभियान शुरु गरेको छ । केन्या वाइल्डलाइफ सर्भिसका वन्यजन्तु र सामुदायिक सेवाका निर्देशक चाल्र्स मुस्योकीले राष्ट्रिय राजधानी नैरोबीमा यो अभियानले वन्यजन्तु कोरिडोरमा बसोवास गर्ने समुदायहरूलाई प्रकाश यन्त्रहरू र शिकारी–बारहरूको प्रयोगको बारेमा शिक्षित र सूचित गर्ने बताउनु भयो ।